Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मोरङबाट १० लाख नगदसहित १० जना जुवाडे पक्राउ

मोरङबाट १० लाख नगदसहित १० जना जुवाडे पक्राउ

शनिवार , कार्तिक १७, २०८१

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको एक पार्टी प्यालेसमा जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा शुक्रबार राति प्रहरीले विराटनगर महानगरपालिका-११ स्थितमा संगम पार्टी प्यालेसबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका-११ बस्ने वर्ष ६१ का राजन कडेल, वर्ष ४१ का टुनटुन शर्मा, वर्ष ५७ का पशुपति भगत, वर्ष ४७ का सुरेन्द्र ठाकुर र वर्ष ५०का विरेन्द्र साह रहेका छन् ।

त्यस्तै पाटी प्यालेसका संचालक वर्ष ५९ का पदम श्रेष्ठसहित सोही ठाउका ध्रुव सिग्देल, मनिराज प्रसाई, बाबुराम कटेल र लिला सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १० लाख ६ हजार ९९५ रुपैयाँ नगद र पाँच सेट ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077