Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाले लगायो प्रतिबन्ध

रूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाले लगायो प्रतिबन्ध

शनिवार , कार्तिक १७, २०८१

एजेन्सी । रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा अमेरिकाले भारतका १९ कम्पनीहरूलाई प्रतिबन्ध लगाएको छ ।

युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको आरोपमा अमेरिकाले भारतका १९ कम्पनीलाई प्रतिबन्ध लगाएको हो ।

भारतका १९ कम्पनीसँगै रूस, चीन, मलेसिया, थाइल्याण्ड, टर्की र यूएई जस्ता दर्जनौं देशका ३९८ कम्पनीलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको प्रतिबन्ध व्यहोर्नेमा धेरैजसो इलेक्ट्रोनिक सामान आपूर्ति गर्ने संस्था रहेका छन् भने केही विमान र अन्य मेसिनका पाटपूर्वा आपूर्ति गर्ने कम्पनी रहेका छन् ।

क्यानडासँग सम्बन्ध चिसिएको बेला अमेरिकाले भारतीय कम्पनी र दुई नागरिकलाई पनि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टेट डिपार्टमेन्ट, ट्रेजरी डिपार्टमेन्ट र कमर्स डिपार्टमेन्टले यी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस्ता प्रतिबन्ध व्यहोरेका कम्पनीहरूलाई स्विफ्ट बैंकिङ प्रणालीमा ब्ल्याकलिस्टमा राखिन्छ ।

यो प्रतिबन्धपछि रूसविरुद्ध रहेका देशहरूमा ती कम्पनीहरूले कारोबार गर्न सक्दैनन् ।

साथै, ती देशमा प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति बेचबिखनमा पनि रोक्का हुनसक्छ । अमेरिकाले नोभेम्बर २०२३ मा पनि भारतीय एक कम्पनीलाई रुसी सेनाको मद्दत गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077