Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

लाङटाङमा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आए

लाङटाङमा हराएका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आए

शनिवार , कार्तिक १७, २०८१

रसुवा। हिमाल आरोहणको क्रममा हराइ रहेका दुई पर्यटकमध्ये एक पर्यटक सम्पर्कमा आएका छन्।

गोसाइँकुण्ड गाउँपालिका–३ को उच्च भाग यालापिकमा हराइरहेका चेक रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का सम्पर्कमा आएका हुन्।

यालापिक समुन्द्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइमा पर्छ। उनी लाङ्टाङको क्याङ्जेनस्थित हायर गेष्ट हाउसको सम्पर्कमा आएका हुन् ।

उनीसँग गएका अर्का श्लोभाकियाका ३४ वर्षीय ओनरेज हुसर्के भने सम्पर्कविहीन नै रहेका छन् ।

ठमेलस्थित काठमाडौं ट्रेकिङ कम्पनीमार्फत उनीहरू दुई साता अघि ट्रेकिङमा निस्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077