Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

शनिवार , कार्तिक १७, २०८१

वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्ने प्रतिवद्धता जनाएका छन्।

कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै खानेपानीमन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताए।

कैदी बन्दीहरूको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने उनले बताए ।

खानेपानीमन्त्री यादवले भने,'कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराउनुभएको छ । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु। कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युत्‌को समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।'

पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरूको मानवअधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिए ।

कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077