Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपप्रधानमन्त्री सिंह नेतृत्वको टोली कायरो उड्यो

उपप्रधानमन्त्री सिंह नेतृत्वको टोली कायरो उड्यो

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।

वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । फोरममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने छ ।

अन्य देशबाट सहरी विकाससँग सम्बन्धित मन्त्रीहरू सहभागी हुने छन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ । सहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रलाई सम्बोधन गर्नेछन् ।

उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, सहरी विकास मन्त्रालयका अधिकारी भ्रमण टोलीमा सहभागी छन् । सिंह नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्किने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077