Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

तिहार नेपालीहरुको महिमापूर्ण पर्व : प्रधानमन्त्री ओली

तिहार नेपालीहरुको महिमापूर्ण पर्व : प्रधानमन्त्री ओली

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् ।

भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गरे । भाइटीकाले दिदीबहिनी र दाजुभाइबिच थप स्नेह जागृत गर्ने उनले विश्वास लिए ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077