Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट भाइटीका

राष्ट्रपति पौडेलले लगाए बहिनीहरूबाट भाइटीका

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भाइटीका लगाएका छन्।

बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका हुन् ।

राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।

उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदाम सहितका सौगात प्रदान गरे भने राष्ट्रपतिले पनि बहिनीहरूलाई आत्मीयताका साथ टीका लगाएर दक्षिणा दिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077