Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्छौं : प्रधानमन्त्री ओली

थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्छौं : प्रधानमन्त्री ओली

आइतवार , कार्तिक १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थालेका काम क्रमैसँग पूरा गर्ने बताएका छन् ।

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजैबाट बैंकक काठमाडौं उडान सुरु गरेको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले अरु योजना पनि क्रमैसँग पूरा गर्न ध्यान दिइरहेको बताए।

प्रधानमन्त्री ओलीले भने,‘भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सुरु भएको छ । थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौँ।’

थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077