Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य सम्मेलनमा सहभागी

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य सम्मेलनमा सहभागी

सोमवार , कार्तिक १९, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागी भएका छन् ।

मन्त्री खड्का उक्त सम्मेलनका लागि आइतबारै भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरी आइतबारदेखि नै सुरु भएको सातौँ गठबन्धन सम्मेलनमा सहभागी भएका हुन् ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएअनुसार उक्त गठबन्धनको सातौँ सम्मेलनमा मन्त्री खड्का सहभागी भएको विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए।

कोप–२१ सम्मेलनमा भाग लिएका करिब १२० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।

उक्त सम्मेलनमा मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार अर्थ विज्ञ अमित श्रेष्ठ सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077