Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

विमलेन्द्र निधि भन्छन् - संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ

विमलेन्द्र निधि भन्छन् - संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ

मंगलवार , कार्तिक २०, २०८१

धनुषा । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सातवटै प्रदेश सरकारलाई सम्पन्न बनाउन संविधान अनुसारको अधिकार प्रदेशलाई दिइनुपर्ने बताएका छन् ।

महोतरीका कांग्रेसका नेता स्वर्गीय शिवचन्द्र मिश्रको ८१औँ जन्मयन्तीको अवसरमा महोतरीको लोहरपट्टीमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन् ।

उनले कांग्रेसको नेतृत्वमा बनेको संविधान र त्यसभित्र उल्लेखित उपलब्धि बचाउन कांग्रेस नै नेतृत्व लिन आवश्यक रहेको बताए ।

सर्वपक्षीय सर्वदलीय संघर्षपछि कांग्रेसको नेतृत्वमा संघीय गणतन्त्रात्मक प्रणालीसहितको संविधान पाएको बताउँदै उनले स्वर्गीय शिवचन्द्र मिश्र, सहिद दुर्गानन्द झासहितका नेता र योद्धाहरूका प्रेरणाबाट मधेसमा कांग्रेसले विरासत बनाएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077