Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पुनः म्याद थपका लागि रवि लामिछानेलाई गरियाे अदालतमा पेस

पुनः म्याद थपका लागि रवि लामिछानेलाई गरियाे अदालतमा पेस

मंगलवार , कार्तिक २०, २०८१

पोखरा। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि कास्की अदालतमा पेस गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति लामिछानेलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो।

सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीसहित लीला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि केही बेर अगाडी जिल्ला अदालत कास्कीमा पेस गरिएको थियो।

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो।

सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077