Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तोलामा २८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

तोलामा २८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो ।

कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार रहेको थियो। त्यसयता सोही मूल्यमा कारोबार भएको थियो।

आज स्थानीय बजार प्रतितोला एक लाख ६८ हजार २०० रूपैयाँ कारोबार मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो अघिल्लो दिनको कारोबार मूल्यको आधारमा यस दिन सुनको मूल्य दुई हजार आठ सय रूपैयाँ कम हो। आज चाँदीको मूल्य पनि केही घटेको छ।

यस दिनको लागि प्रतितोला दुई हजार ३० रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077