Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा शिवशरणलाई उम्मेदवार बनाउने माओवादीको घोषणा

कीर्तिपुरको मेयरमा शिवशरणलाई उम्मेदवार बनाउने माओवादीको घोषणा

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयरका लागि प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।

कीर्तिपुर नगर समितिको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नगरपालिकाको मेयरमा महर्जनलाई उम्मेदवार तोकेको हो।

बागमती प्रदेशका इन्जार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वसम्मतले उम्‍मेदवार चयन गरेको माओवादी केन्द्रले जनाएको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो । यसअघि नेकपा एमालेले पनि आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ।

एमालेले केन्द्रीय सदस्य रहेका सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको हो। नेपाली कांग्रेसले भने उम्मेदवार घोषणा गरिसकेको छैन।

साथै राप्रपाले ध्रुव महर्जनलाई कीर्तिपुरको मेयर उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077