Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

निषेधित क्षेत्र तोड्न खोजेपछि रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

निषेधित क्षेत्र तोड्न खोजेपछि रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

मंगलवार , कार्तिक २०, २०८१

पोखरा । कास्कीमा राष्ट्रिय स्वतन्‍त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको हो।

निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ ।

रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरामा प्रदर्शन गरिरहेको छ ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरू भने प्रदर्शनमा उत्रिएका हुन् ।

लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।

लामिछाने गत कात्तिक ३ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसलगत्तै रास्वापाका नेता कार्यकर्तासहित समर्थकले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077