Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा आचार्यको नाम सिफारिस

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा आचार्यको नाम सिफारिस

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा सुरेश आचार्यको नाम सिफारिस भएको छ।

सभामुख देवराज घिमिरे नेतृत्व छनौट समितिको बैठकले प्रमुख सूचना आयुक्तमा आचार्यसहित आयुक्तहरूमागगन विस्ट र दुर्गा भण्डारीको नाम सिफारिस गरेको हो।

सिफारिस समितिले नाम सञ्चार मन्त्रालय पठाएको छ । अब मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको नियुक्ति हुनेछ।

आचार्य पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विस्ट प्रेस चौतारीका पूर्वअध्यक्ष र एमाले प्रचार विभागका सचिव हुन् ।

अर्का सदस्य भण्डारी यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन्।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077