Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।

स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिमरूप दिन एमालेले कात्तिक २४ गते सचिवालय बैठक बोलाएको हो।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको छ।

एमालेले कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ।

कीर्तिपुर नगर कमिटीले सुरेन्द्र मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077