Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

ऊर्जामन्त्री खड्का र भारतीय जलशक्तिमन्त्री पाटिलबीच भेटवार्ता

ऊर्जामन्त्री खड्का र भारतीय जलशक्तिमन्त्री पाटिलबीच भेटवार्ता

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतीय जलशक्तिमन्त्री सिआर पाटिलबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका ऊर्जामन्त्री खड्का र जलशक्तिमन्त्री पाटिलबीच नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको हो।

भेटमा उनीहरूबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना छिटो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको थियो ।

ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञता ज्ञापन गरेका थिए।

मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जबाफ दिएका थिए। भेटमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077