Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली अस्वस्थ, बालुवाटारमै आराम गर्दै

प्रधानमन्त्री ओली अस्वस्थ, बालुवाटारमै आराम गर्दै

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार साँझदेखि ज्वरो आएको हो ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।

प्रधानमन्त्री ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका थिए।

बालुवाटारमा सामान्य भेटघाट गरेपछि ओली आराम गरेर बसेका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077