Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन भ्रमणमा जाँदै

मंगलवार , कार्तिक २०, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता चीन भ्रमणमा जाने भएका छन् ।

चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् ।

आज बसेको लुम्बिनी मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न कात्तिक २६-२८मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसँगै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहितको टोली जान लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077