Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यो तानाशाही सरकार ढाल्नैपर्छ : सोविता गौतम

यो तानाशाही सरकार ढाल्नैपर्छ : सोविता गौतम

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले यो तानाशाही सरकार ढाल्नैपर्ने बताएकी छन् ।

पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आन्दोलन चर्काउन आआफ्नो तयारीमा लाग्न आह्वान गरेकी छन्।

पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिनको म्याद थप भएपछि रास्वपाका नेता कार्यकर्ता थप आक्रोशित बनेका छन् ।

विरोधसभालाई सम्बोधन गर्दै सांसद गौतमले भनिन्, ‘यो सरकारको षड्यन्त्र र तानाशाही प्रवृत्तिका विरुद्ध हामीले आन्दोलन छेड्नैपर्छ । तपाईंहरुलाई आह्वान गर्छु, देश विदेश जहाँ हुनुहुन्छ, यो सरकारको विरोध गर्न आउनुस् । यो सरकारको विरोध गर्नैपर्छ ।’

सांसद गौतमले जिल्ला जिल्लाबाट सरकारविरुद्ध आन्दोलनमा सहभागी हुन जे शक्ति छ, त्यो लिएर आउन आग्रह गरिन् ।

उनले आन्दोलनको तयारीबारे पार्टीले थप रणनीति बनाउने भन्दै नेता कार्यकर्ता र समर्थकलाई पनि आआफ्नो ठाउँबाट आआफ्नो तयारीमा लाग्न आग्रह गरिन् ।

उनले अब यो आन्दोलन नरोकिने चेतावनी दिँदै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुर्दावादको नाराबाजीसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077