Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सुदूरपश्चिममा दशैँ तिहारमा २९ लाखसहित ३९७ जुवाडे प्रहरीको फन्दामा

सुदूरपश्चिममा दशैँ तिहारमा २९ लाखसहित ३९७ जुवाडे प्रहरीको फन्दामा

मंगलवार , कार्तिक २०, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारको अवधिमा जुवातास खेल्ने झन्डै चार सय जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टोलीले प्रदेशका ६ जिल्लाबाट तीन सय ९७ जना जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २९ लाख सात हजार २५४ नगद रुपैयाँ पनि बरामद गरिएको सुदूरपश्चिचम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा एक सय ८४ जनालाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट ११ लाख नौँ हजार रूपैयाँ नगद बरामद गरिएको छ ।

यस्तै, कञ्चनपुरबाट ११ लाख ९० हजारसहित एक सय ५९ जना, चार लाख ४१ हजारसहित डडेल्धुराबाट २८ जना, अछामबाट ८६ हजारसहित ९ जना, बझाङबाट ६६ हजारसहित ५ जना र डोटीबाट १२ हजारसहित १२ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077