Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ

स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

धादिङको गंगाजमुना गाउँपालिका–५ घर भई हाल गोंगबु बस्ने लोरबहादुर गुरुङ र लम्जुङको दूधपोखरी घर भई ललितपुरस्थित नख्खिपोट बस्ने धनबहादुर गुरुङलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई ठूलो भर्‍याङस्थित नियमित जाँच गर्दा दुवै जनाले चलाएको मोटरसाइकल र स्कुटरसहित शनिबार पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेकामध्ये लोरबहादुरले चलाएको प्रदेश ३–०२ प ८८२६ नम्बरको स्कुटरबाट नौ लाख उनीसँगै हिँडेका अर्का धनबहादुरले चलाएको बा८९प ५८३४ नम्बरको मोटरसाइकलबाट थप एक लाखसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि प्रहरीले हुन्डी कारोबार गर्न नहुने कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077