Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार श्री ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) को आठौं डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू यही कात्तिक १९ गते मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

उनीहरू प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी श्री समरजीत गुल्म सातौं डफ्फाका १३५ जना शान्ति सैनिकहरूको टोली कार्तिक १९ गते नै सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश फर्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077