Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्ने कार्कीविरुद्ध थालियो अनुसन्धान, इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्ने कार्कीविरुद्ध थालियो अनुसन्धान, इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । भ्लगर रतन कार्कीविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएका कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको हो ।

दशरथ रंगशालामा साफ महिला च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले दिएको अभिव्यक्ति उछृङ्खल भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खेल भएको दिन उनले रंगशालामा ‘मार्न सकिने’ अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

त्यस दिनको भिडियोमा ‘गेम त तपाईंहरूले हेरिरहनुभएको छ नै तर मैले अर्कै कुरा हेरिरहेको छु के ! आज हामीले मार्न सकिन्छ के  ! चाहेम् भने’ भन्दै उनले प्रधानमन्त्री ओलीलाई मार्ने आशयको भड्कावपूर्ण अभिव्यक्ति दिएका छन् ।

‘बाहिर यत्रो मान्छे छम्, सबै जना मिलेर एउटा ग्रुप बनाएर घेरेर फ्याट्टै मार्‍यो भने मारेको मार्‍यै हुन्छ साथीहरू,’रतनले भिडियोमा भनेका छन्, ‘आँटम् त आज, आज आटिहालम्। अब धेरै टाइम पनि छैन। बुढो गइहाल्छ। मतलब उता जान पनि टाइम छैन, उता जान पनि। बुझ्नु न। आज गरिहालम्।’

यस्तो हिंसात्मक अभिव्यक्ति दिएको उनको भिडियो धेरैले हेरेका छन्। उनको यो भिडियोलाई त्यस दिनदेखि नै नेपाल प्रहरीले ‘नोटिस’ माराखेर अनुसन्धान थालेको थियो।

उनी अहिले विद्यार्थी भिसामा जापानमा रहेको बताइन्छ । उनलाई इन्टरपोलको सहयोगमार्फत नेपाल ल्याएर कारबाही गर्ने तयारी गरिएको बताइएको छ ।

साथै प्रहरीले अनुसन्धान अघि बढाएपछि सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गर्दै आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077