Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मित्र मिलन सहकारी ठगी प्रकरण : फरार रहेका उपाध्यक्ष लम्साल पक्राउ

मित्र मिलन सहकारी ठगी प्रकरण : फरार रहेका उपाध्यक्ष लम्साल पक्राउ

बुधवार , कार्तिक २१, २०८१

कास्की । ठगी आरोपमा फरार रहेका मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोटबाट उनलाई पक्राउ गरेको हो ।

३४ वर्षीय लम्सालको स्थायी ठेगाना माछापुच्छ्रे गाउँपालिका वडा नं. ३, घाचोक लम्सालथर रहेको छ । हाल पोखरा महानगरपालिका वडा नं.५ पर्स्याङमा बसोबास गर्दै आएका थिए। उनलाई

लम्साललाई मित्र मिलन सहकारी ठगी मुद्दामा लामो समयदेखि खोजी कार्य हुँदै आएको थियो ।

लम्सालमाथि सहकारीमा संलग्न भई ठगी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077