Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकार सञ्चालनका लागि कांग्रेस-एमालेले बनाए संयन्त्र

सरकार सञ्चालनका लागि कांग्रेस-एमालेले बनाए संयन्त्र

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् ।

केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारलाई व्यवस्थित बनाउनका लागि सत्तारुढ दलहरुले प्रभावशाली नेता सम्मिलित शक्तिशाली संयन्त्र बनाएका हुन्।

एमालेका चार र कांग्रेसका चार जना नेता रहने गरी ८ सदस्यीय संयन्त्र गठन गरिएको छ ।

संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखक र केन्द्रीय सदस्यसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।

त्यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल छन्।

केन्द्रकै शैलीमा प्रदेशमा पनि प्रदेशको इञ्चार्ज, अध्यक्ष, प्रदेश संसदीय दलको नेता, जिल्ला अध्यक्ष संयन्त्रमा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077