Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कोशी सरकारको प्रवक्तामा मन्त्री राई

कोशी सरकारको प्रवक्तामा मन्त्री राई

बुधवार , कार्तिक २१, २०८१

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि सरकारका प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई दिइएको थियो।

जापान भ्रमणसँग सम्बन्धित विवादमा मुछिएपछि अधिकारीले बुधबार राजीनामा दिएका छन् ।

उनको राजीनामासँगै प्रवक्ताको जिम्मेवारी राईले पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077