Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेसले उपनिर्वाचनका नेताहरुको जिम्मेवारी तोक्यो

कांग्रेसले उपनिर्वाचनका नेताहरुको जिम्मेवारी तोक्यो

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिँदै फिल्डमा खटाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधबार बसेको ‘स्थानीय तह उपनिर्वाचन-२०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले निर्वाचन हुने स्थानीय तहका लागि केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको हो ।

उनीहरुले उप–निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्नेछन्।

बैठकले बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’,कोसीमा भीष्मराज आङ्दम्बे, मधेसमा महेन्द्र यादव तथा कर्णाली र गण्डकी प्रदेशमा जीवन परियारलाई खटाउन निर्णय गरेको हो ।

यस्तै प्रकाश शरण महतलाई अन्तर पार्टी समन्वय, एन.पी. साउदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले उप–निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077