Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा भइरहेको छ कारोबार ?

एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा भइरहेको छ कारोबार ?

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077