Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हामीले लामो फर्म्याटमा धेरै खेल खेल्नुपर्ने देखियो : रोहित पौडेल

हामीले लामो फर्म्याटमा धेरै खेल खेल्नुपर्ने देखियो : रोहित पौडेल

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लामो फर्म्याटमा धेरै खेल खेल्नुपर्ने बताएका छन्।

आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखला खेलेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै कप्तान पौडेलले यस्तो बताएका हुन् ।

कप्तान पौडेलले क्यानडा र अमेरिकामा लक्ष्यअनुसार प्रदर्शन गर्न नसकेको बताए । कप्तान पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताए ।

एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताए ।

उनले हारका बाबजुद टोलीलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे।

आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ। उनले लिग–२ को तीन वटा सिरिजमा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए।

उनले लिग–२ को तीन वटा शृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077