Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एफसी नोआमाथि चेल्सीको कीर्तिमानी जित

एफसी नोआमाथि चेल्सीको कीर्तिमानी जित

शुक्रवार , कार्तिक २३, २०८१

एजेन्सी । लन्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ ।

चेल्सीले बिहीबार राति भएको खेलमा अर्मेनियाली क्लब एफसी नोआलाई ८–० गोलअन्तरले पराजित गरेको हो । 

गत सिजन लुडोगोरेट्सलाई ७–१ ले हराउँदै नर्ड्सजेल्यान्डले ठूलो जितको कीर्तिमान बनाएको थियो ।

तर, घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा जोआओ फेलिक्स र क्रिस्टोफर एनकुन्कुले दुई–दुई गोल गरेपछि चेल्सी उक्त कीर्तिमान भंग गर्न सफल भएको हो ।

जितसँगै अपराजित रहेको चेल्सी कन्फरेन्स लिगको शीर्ष स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077