Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सको जर्सी सार्वजनिक

कर्णाली याक्सको जर्सी सार्वजनिक

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज कर्णाली याक्सले शुक्रबार आफ्नो जर्सी सार्वजनिक गरेको छ ।

नक्सालमा शुक्रबार एक कार्यक्रम आयोजना गर्दै हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो टोलीको जर्सी सार्वजनिक गरेको हो ।

पूर्वउपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णालीका मार्की सोमपाल कामी, टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली स्वस्तिमा खड्काले जर्सी सार्वजनिक गरेका हुन् ।

प्रशिक्षक ज्ञानेन्द्रले नेपाल क्रिकेट संघ (क्यान) बाट उक्त जर्सी स्वीकृतिपछि मात्र सार्वजनिक गरिएको बताए ।

कर्णाली याक्सले दुई दिन अगाडि मात्र आफ्नो गीत सार्वजनिक गर्दै फेस अफ कर्णालीको रूपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077