Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी महिला यु–१९ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी महिला यु–१९ : युएईविरुद्ध बलिङ गर्दै नेपाल

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । आईसीसी महिला यु–१९ टी–२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल र युएई खेलिरहेका छन् ।

युएईको अजमानमा टस जितेर घरेलु टोली युएईले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपाल ६७ रनले विजयी भएको थियो।

दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको नेपाल तेस्रो खेलमा पनि उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

यस्तै, युएईले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा थाइल्याण्डलाई हराएको थियो ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपालसहित, आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागि छन् ।

नेपालको चौथो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077