Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एसीसी पुरुष यू-१९ एसिया कपको खेलतालिका सार्वजनिक

एसीसी पुरुष यू-१९ एसिया कपको खेलतालिका सार्वजनिक

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । एसीसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर ९ मा श्रीलंकासँग खेल्न लागेको हो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा नेपाल र श्रीलंकासहित बंगलादेश र अफगानिस्तान समूह ‘बी’ छन् ।

भारत, पाकिस्तान, यूएई र जापान समूह ए मा छन् । नेपालले डिसेम्बर १ मा बंगलादेशसँग र डिसेम्बर ३ मा अफगानिस्तानसँग समूह चरणको खेल खेल्नेछ ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल डिसेम्बर ६ र फाइनल खेल डिसेम्बर ८ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077