Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विश्वकप एसिया छनोट : यूएईले दियो नेपाललाई १२३ रनको लक्ष्य

विश्वकप एसिया छनोट : यूएईले दियो नेपाललाई १२३ रनको लक्ष्य

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईले नेपाललाई १२३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनायो ।

यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् ।

त्यस्तै लावन्या केनीले २० रन बनाइन् । नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एकरएक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077