Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आगामी उपनिर्वाचनमा एक्लै लड्ने एमालेको निर्णय

आगामी उपनिर्वाचनमा एक्लै लड्ने एमालेको निर्णय

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कुनै पार्टीसँग पनि सहकार्य नगर्ने भएको छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहको उपनिर्वाचनमा तालमेल नगर्ने निर्णय गरेको हो । साथै एमालेले चुनावको तयारीमा केन्द्रित हुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

साथै प्रदेश कमिटीबाट सिफारिस भएकाहरूको नाम अनुमोदन गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

'चुनावी सहकार्यका लागि अहिलेसम्म कुनै निर्णय गरेका छैनौं, छलफलबाट फरक निष्कर्षमा पुगिएछ भने त्यो बेग्लै कुरा हो, आजसम्मको स्थापित मान्यता एक्लै चुनाव लड्ने भन्ने नै हो,' उनले भने, 'सत्ता सहयात्री दलहरूसँग पनि स्वस्थ प्रतिस्पर्धा गर्छौं ।'

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गरिएको पनि उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077