Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नयाँ पार्टी र नेताको छवि बनाउन चुक्यौं, सार्वजनिक रूपमा माफी माग्छु : रास्वपा नेता कार्की

नयाँ पार्टी र नेताको छवि बनाउन चुक्यौं, सार्वजनिक रूपमा माफी माग्छु : रास्वपा नेता कार्की

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टी र नयाँ नेताले बनाउनुपर्ने छवि र देखाउनुपर्ने प्रवृत्तिमा चुकेको भन्दै सार्वजनिक रुपमा माफी मागेका छन् । शनिबार साँझ फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै कार्कीले माफी मागेका हुन् ।

एमालेले मानव तस्करीको आरोप लागेका कोसी प्रदेशका मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेकामा सह्राहना गर्दै आफूहरू भने नयाँ चरित्र देखाउनमा चुकिरहेको भन्दै रास्वपा नेता कार्कीले माफी मागे ।

‘जनही १० देखि १४ लाखसम्म लिएर तीन जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्‍याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ। उनीमाथि छानविनका लागि अनुरोध गरेको छ,’ कार्कीले लेखेका छन्,‘यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ।’ अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न त्यो आफू हेरिरहेको उनले उल्लेख गरेका छन् ।

‘र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रकारूपमा हामी चुकेका छौँ। मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु,’ कार्कीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077