Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै, ब्राइटनसँग हार्‍यो सिटी

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा कायमै, ब्राइटनसँग हार्‍यो सिटी

आइतवार , कार्तिक २५, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टनभिल्लालाई २–० गोलले पराजित गरेको छ ।

११ खेलमा २८ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमै रहँदा ११ वटै खेलमा १८ अङ्क जोडेको एस्टनभिल्ला आठौं स्थानमा झरेको छ ।

गएराती नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीलाई ब्राइटनले २–१ गोलले पराजित गर्‍यो ।

हारपछि पनि सिटी ११ खेलमा २३ अङ्कका साथ दोस्रो स्थानमै छ । ११ खेलमा १९ अङ्क बनाएको ब्राइटन चौथो स्थानमा छ ।

यस्तै उल्भ्सले साउथह्याम्पटनलाई र फूलहमले क्रिस्टल प्यालेसलाई समान २–० गोलले पराजित गरे । बेन्टफोर्डले बर्नमाउथलाई ३–२ गोलले पराजित गर्दा वेस्टह्याम र एभर्टनले गोल रहित बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077