Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई अदालतमा उपस्थित गराइयो

सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई अदालतमा उपस्थित गराइयो

आइतवार , कार्तिक २५, २०८१

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको हो।

मेयर नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेको प्रहरी अनुस्धानबाट खुलेको छ ।

इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए। इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा कास्की रास्वपा सभापति रवि लामिछानेसँगै उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077