Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कोशीका पूर्वमन्त्री अधिकारीलाई ल्याइयो काठमाडौं

कोशीका पूर्वमन्त्री अधिकारीलाई ल्याइयो काठमाडौं

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

जापानमा मानव तस्करी गरेको आरोप लागेका अधिकारीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई जिल्ल प्रहरी परिसर काठमाडौं लगिएको छ।

प्रहरीले उनलाई विराटनगरबाट यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको थियो।

जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो ।

भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077