Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

६२ अंकले नेप्से बढ्दा ९ अर्ब ७७ करोडको सेयर कारोबार

६२ अंकले नेप्से बढ्दा ९ अर्ब ७७ करोडको सेयर कारोबार

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६२.५४ अंकले बढेर बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको हो ।

आइतबार बजारमा ९ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको छ। त्यसअघि भदौ ३० गते १० अर्ब ३३ करोड रूपैयाँको कारोबार भएको थियो।

यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो ।  यस दिन ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

इस्टर्न हाइड्रोपावरको ९.५, पिपुल्स पावरको ९.०, मैलुङखोलाको ९.०, माउन्टेन हाइड्रो नेपालको ८.८ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077