Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर आइतबार स्वदेश फर्किएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आईजीपी कुँवर आइतबार स्वदेश फिर्ता भएका हुन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म उक्त महासभामा सञ्चालन भएको थियो । आईजीपी कुँवरसँगै उक्त महासभामा सहभागी भएका इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता भएका छन् ।

आईजीपी कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरेका थिए । महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो ।

उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो । यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका Valdecy Urquiza मनोनयन भएका छन् ।

महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको प्रतिनिधि मण्डल उक्त महासभामा सहभागी हुन कात्तिक १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077