Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिला यू-१९ विश्वकप एसिया छनोट : थाइल्यान्डविरुद्ध नेपाल १०६ रनले विजयी

महिला यू-१९ विश्वकप एसिया छनोट : थाइल्यान्डविरुद्ध नेपाल १०६ रनले विजयी

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । यूएईमा जारी आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्यान्डलाई १०६ रनले पराजित गरेको छ ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै अलआउट भयो । थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालकी कुशुम गोदारले ३, रिया शर्मा र रचना चौधरीले समान २ तथा कप्तान पूजा महतोले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । नेपालकालागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन । यस्तै, सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077