Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतविरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिका विजयी

भारतविरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिका विजयी

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । भारतविरुद्धको दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । गएराति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो ।

सेन्ट जर्ज पार्कमा आइतबार भएको खेलमा जम्मा १२५ रनको लक्ष्य पाएको साउथ अफ्रिकाले निर्धारित ओभरको १ ओभर बाँकी छँदै लक्ष्य भेटायो ।

साउथ अफ्रिकाको जितका लागि ट्रिस्टन स्टब्सले नट आउट रहँदै सर्वाधिक ४७ रनको पारी खेले। त्यस्तै रेजा ह्यान्ड्रिक्सले २४ रन बनाउँदा गेराल्ड कोएत्जीले १९ रन बनाए। जबकी र्यान रिकेल्टनले १३ रन जोडे।

टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले निर्धारित आभेरमा ६ विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो। भारतका हार्दिक पाण्ड्याले नट आउट रहँदै ३९ रन जोडे भने अक्षर पटेलले २७ अनि तिलक वर्माले २० रन जोडे। त्यसबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

भारतलाई सस्तोमै समेट्न दक्षिण अफ्रिकाका मार्को जेनसन, गेराल्ड कोएत्जी, एन्डिल सिमलेन, एडन मार्करम र नक्बायोम्जी पिटरले समान १र१ विकेट लिए।

योसँगै चार खेलको शृङ्खला १–१ को बराबरीमा आएको छ । भारत र साउथ अफ्रिकाबीचको तेस्रो खेल बुधबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077