काठमाडौं । श्रीलंकासँगको अन्तिम टी–२० क्रिकेटमा न्युजिल्याण्डले जित हात पारेको छ ।
दाम्बुलामा भएको रोमाञ्चक खेलमा न्युजिल्याण्डले घरेलु टोली श्रीलंकालाई ५ रनले पराजित गरेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको श्रीलंका अन्तिम बल बाँकी छँदै १ सय तीन रनमा अलआउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्स र लकी फर्गुसनले समान ३/३ विकेट लिए ।
श्रीलंकाका पथुम निसांकाले सर्वाधिक ५२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका विल योङले सर्वाधिक ३० रन बनाए भने बलिङतर्फ श्रीलंकाका विनिन्दु हसरंगाले चार र मथिशा पाथिरानाले तीन विकेट लिए ।
यो सँगै दुई खेलको शृङ्खला १–१ को बराबरीमा सकिएको छ ।