एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ ।
गएराति भएको खेलमा बार्सिलोना सोसिडाडसँग १–० गोलले पराजित भएको हो ।
सोसिडाडका लागि सेराल्डो बेकरले ३३ औँ मिनेटमा निर्णायक गोल गरे ।
यसअघि बार्सिलोनाका रोवर्ट लेवान्डोस्कीले १३ औँ मिनेटमै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) ले मान्यता नदिएपछि विवाद भएको थियो ।
योसँगै बार्सिलोनाको सात वटा खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ ।