काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धरान जाँदै छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोह उद्घाटन गर्न प्रधानमन्त्री ओली धरान जान लागेका हुन् । प्रधानमन्त्री प्रतिष्ठानको कुलपति रहने प्रावधान छ ।
प्रधानमन्त्री धरान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। विराटनगरदेखि धरानसम्मको कोशी लोकमार्गमा प्रहरी परिचालन गरिएको छ ।
ओली धरान आउने भएपछि रास्वपाका कार्यकर्ता र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलन गरेका पहिचान पक्षधरहरूले विरोध गर्न सक्ने सम्भावना छ ।