Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कतार एयरवेजले भोलिदेखि भैरहवाबाट दैनिक उडान गर्ने

कतार एयरवेजले भोलिदेखि भैरहवाबाट दैनिक उडान गर्ने

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । कतार एयरवेजले भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ।

नागरिक उड्डयन प्राधिकरणकाअनुसार कतारले सातामा सातैवटा उडान गर्न लागेको हो ।

यो वायुसेवाले हाल कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ।

यससँगै मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ।

कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077