काठमाडौं । लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल नियुक्त भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज लुम्बिनीले आज एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा सार्वजनिक हो।
महानायक हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बेसडर बन्दा खुशी लागेको बताए ।
सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सले जनाएको छ ।