Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

२२ अंकले नेप्से बढ्दा ११ अर्ब ३१ करोडको सेयर कारोबार

२२ अंकले नेप्से बढ्दा ११ अर्ब ३१ करोडको सेयर कारोबार

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से २२.१४ अंकले बढेर बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.१४ अंक बढेर २७६०.२१ मा कायम भएको हो।

कुल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो। परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोडको भयो ।

त्यस्तै बैंकिङ १.०४, लगानी १.२८, जीवन बीमा १.६६, उत्पादन ०.०१, अन्य ०.२१ र व्यापार समूह ०.७३ प्रतिशत बढे ।

निर्जीवन बीमा ०.२२, विकास बैंक ०.१०, फाइनान्स ०.३०, हाइड्रोपावर ०.०५ प्रतिशत घटे । ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077